म्याग्दीमा रुखले किचेर महिलाको मृत्यु
रघुगङ्गा –३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
म्याग्दी, माघ १६ : म्याग्दीकाे रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ।
रघुगङ्गा –३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ।
फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएका थिए। नवीन रुख ढलाउने मेसिन चलाउन र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए। भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो। मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)