Kathmandu Press

मन्त्री उपस्थित नभएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित

सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो तर मन्त्री उपस्थीत नभएपछि बैठक प्रभावित भएको हो।
मन्त्री उपस्थित नभएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित
Hardik ivf

काठमाडाैं, माघ १६ : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सरकारका मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ।

सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो तर मन्त्री उपस्थीत नभएपछि बैठक प्रभावित भएको हो।

बैठकमा समिति सदस्यहरुले विधेयकमाथिको छलफलमा सम्बन्धीत मन्त्रीको उपस्थीति हुनुपर्ने बताएका थिए । मन्त्रीलाई उपस्थीत गराएर मात्रै बैठक चलाउनुपर्ने सुझाव सदस्यहरुले दिएपछि बिहीबार बस्नेगरि बैठक स्थगीत गरिएको हो। 

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्