Kathmandu Press

फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो। नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ।
फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बागलुङ, माघ १६ : बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन्। बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो। नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ।

कोरियाको वातावरण विभाग अन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्झौतामा  हस्ताक्षर गरे। कोरियाली कम्पनीले ‘जिरो वेस्ट म्यानेजमेन्ट’का लागि प्रविधि उपलब्ध गराउनेछ। 

Hardik ivf

साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ। उक्त कम्पनीले फोहर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक रुपमा ज्ञान दिनेछ। केही समय कोरियाका प्राविधिकले यहीँ आएर मेसिन चलाउने तालिमसमेत दिनेछन्।

हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ। कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहर फाल्दा दुर्गन्ध फैलिएको छ। दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन्। २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो। अहिले बानपा–१ को खुर्तुर्के भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदै आइएको छ।

कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा डङ्गुर बनेको छ। अब भने नगरपालिकलो कुहिने र नकुहिने फोहर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो। उक्त मेसिनमा ढुङ्गा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ। साथै सो विधिबाट न्यूनतम बिद्युत्को खपतमै एक हजार एक सय डिग्री तापक्रमबाट फोहर नष्ट हुन्छ। त्यसबाट धुँवा र धुलोसमेत नहुने भएकाले कार्बन उत्र्सजन पनि नहुने बताइएको छ। 

बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहर निष्कासन गर्ने भएकोले प्लास्टिकजन्य वस्तु नै  दुई टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो। कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताए। बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि फोहर व्यवस्थापनका लागि रु एक करोड २० लाख रकम विनियोजन गरेको छ।  उक्त रकमबाटै यो व्यवस्थापन गर्ने लक्ष राखेको छ। 

चार महिनाभित्र कोरियाबाट प्राविधिधसहित मेसिन ल्याएर जडान गर्न सकिने कम्पनीका नेपाली प्रतिनिधि विष्णु ढुङ्गानाले बताए। यो प्रविधि सञ्चालन आएपछि प्लास्टिकजन्य फोहर पूरै हटाउन सकिनेछ। बर्सेनी डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने रु एक करोड ५० लाखभन्दा बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इञ्जिनियर दीपेन्द्र भण्डारीले बताए।

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्