Kathmandu Press

भ्रष्टाचार सूचकांकमा नेपालकाे एक अंक सुधार, वरीयतामा पनि दुई स्थान अगाडि

१ अंक बढी ल्याएकै कारण नेपाल सुशासन हुने मुलुकहरुको वरीयताक्रममा पनि अगाडि आएर १०८औं स्थानमा परेको छ। गत वर्ष नेपाल ११०औं स्थानमा थियो।
भ्रष्टाचार सूचकांकमा नेपालकाे एक अंक सुधार, वरीयतामा पनि दुई स्थान अगाडि
Hardik ivf

काठमाडौं, माघ १६ : भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) मा नेपालले गत वर्ष ३४ अंक पाएकोमा यस वर्ष १ अंक बढी ल्याई ३५ पुर्‍याएको छ। एक अंक बढी पाएको हिसाबले नेपालले यो वर्ष अलिकति भए पनि सुधार गरेको देखिएको छ। सन् २०२३ को सिपीआईसम्बन्धी विवरण मंगलबार सार्वजनिक गरिएको हो। 

व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल पनि पर्छ। भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले यस्तो सूची तयार पर्छ। ५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ। अझ ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ।

१ अंक बढी ल्याएकै कारण नेपाल सुशासन हुने मुलुकहरुको वरीयताक्रममा पनि अगाडि आएर १०८औं स्थानमा परेको छ। गत वर्ष नेपाल ११०औं स्थानमा थियो। यसपाली सबै मुलुकहरुको औसत अंक ४३ छ। औसतभन्दा नेपाल ८ अंकले पछि परेको छ।

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्