Kathmandu Press

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन

अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन
Hardik ivf

काठमाडाैं, माघ १६ : उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ।

हृदयघातबाट मंगलबार बिहान उनको निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए। लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।

हृदयघात भएपछि उनलाई बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्