Kathmandu Press

काठमाडौंमा महानगरको आयोजनामा विभिन्न कार्यक्रम गरी मनायाे सहिद दिवस

सोही क्रममा काठमाडौंमा महानगरपालिकाको आयोजनामा मंगलबार बिहान शान्तिवाटादेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरि निकाली सहिदको स्मारकमा माल्यार्पण गरिएको छ।
काठमाडौंमा महानगरको आयोजनामा विभिन्न कार्यक्रम गरी मनायाे सहिद दिवस

काठमाडौं, माघ १६ : देश र जनताका लागि सहादत प्रदान गर्नेहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ।

सोही क्रममा काठमाडौंमा महानगरपालिकाको आयोजनामा मंगलबार बिहान शान्तिवाटादेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरि निकाली सहिदको स्मारकमा माल्यार्पण गरिएको छ। सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

Hardik ivf

दिवसका अवसरमा लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहानियाँ राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्ने  महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा प्रत्येक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाउँदै आएका भन्दै सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सहिदले देखेको सपनालाई साँचो अर्थमा कार्यान्वयन गर्न अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताइन्। उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न सहिदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन्। समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको उल्लेख गरिन्।

कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्