‘शहीद दिवसको प्रेरणालाई नभुलौं’
अध्यक्ष ओलीले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार शहीदप्रति नमन गरेका छन्।
काठमाडौं, माघ १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्।
शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार शहीदप्रति नमन गरेका छन्।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ।
प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












