Kathmandu Press

इराकलाई हराउँदै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा

सोमबार राति भएको रोमाञ्चक खेलमा इराकलाई ३–२ले हराउँदै जोर्डन क्वार्टरफाइनलमा प्रवेश गरेको हो। इन्जुरी समयमा २ गोल गरेपछि जोर्डनले रोमाञ्चक जित निकालेको हो।
इराकलाई हराउँदै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा

काठमाडाैं, माघ १६ : जोर्डन एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको रोमाञ्चक खेलमा इराकलाई ३–२ले हराउँदै जोर्डन क्वार्टरफाइनलमा प्रवेश गरेको हो। इन्जुरी समयमा २ गोल गरेपछि जोर्डनले रोमाञ्चक जित निकालेको हो।

जोर्डनलाई जित दिलाउन याजन अल नाइमत, इजन अल अरब र नजर अल रास्दनले गोल गरेका थिए भने इराकका लागि साद नतिक र अयमने हुसेनले गोल गरे।

Hardik ivf

कतारस्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा सुरुआती अग्रता जोर्डनले लियो । पहिलो हाफको इन्जुरी समयमा उसका नाइमतले गोल गरेका थिए।

६८औं मिनेटमा नतिकले इराकका लागि बराबरी गोल फर्काए। त्यसको ८ मिनेट पछि नै इराकले खेलमा अग्रता लियो। ७६औं मिनेटमा उसका हुसेनले गोल गरेका थिए।

लगत्तै इराक १० खेलाडीमा समेटिएपछि जोर्डनले खेलमा फर्कने अवसर पायो। ७७औं मिनेटमा उसका उनै हुसेन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

इन्जुरी समयको पाचौं मिनेटमा जोर्डनले बराबरी गोल फर्कायो। उसका अबरले गोल गरेका थिए। बराबरी गोल गरेलगत्तै जोर्डन पनि १० खेलाडीमा समेटियो। उसका हाज्मा अल दारदौर सिधै रातो कार्ड पाएका थिए। आठौं मिनेटमा रास्दनले गोल गरेपछि जोर्डन रोमाञ्चक जितसहित अन्तिम ८मा पुग्यो।

अब जोर्डनले क्वार्टरफाइनलमा काजस्कितानसँग खेल्ने छ।

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्