Kathmandu Press

तेस्रो प्रदेश युवा सम्मेलन-२०२४ सम्पन्न, ११ बुँदे घोषणपत्र जारी  

’उद्यमी युवा समृद्ध देश दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषद र एनसेलको बिशेष सहकार्यमा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाए । 
तेस्रो प्रदेश युवा सम्मेलन-२०२४ सम्पन्न, ११ बुँदे घोषणपत्र जारी  

काठमाडौं, मंसिर १६ : ११ बुँदे घोषणपत्र जारी गर्दै तेश्रो “प्रदेश युवा सम्मेलनः २०२४”  सम्पन्न भएको छ ।

’उद्यमी युवा समृद्ध देश दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषद र एनसेलको बिशेष सहकार्यमा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाए । 

Hardik ivf

३ दिनको कार्यक्रममा बिशेषत युवा उद्यमशीलता, दिगो विकास लक्ष्यलाई कसरी स्थानीयकरण गर्न सकिन्छ, जलवायु परिवर्तनमा युवाको भुमिका के हुन्छ र हुनुपर्छ, होमस्टे व्यसायबाट कसरी अर्थोपार्जन गर्न सकिन्छ, रैथाने खाना तथा परिकारहरुको प्रचारप्रसारमा युवाको भुमिका के हुन्छ, वातावरण संरक्षणमा युवाको भुमिका, असल शासन स्थापित गर्न युवाको भुमिका के हुन्छ र कसरी गर्न सकिन्छ भन्ने जस्ता बिषयहरुमा कार्यपत्र प्रस्तुत भएको आयोजक नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए  । 

Provincial-Youth-Conference2-1706547207.jpg

सम्मेलनलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्का थिए भने माडी नगरपालिकाको उपप्रमुख खेमप्रसाद महतोले सम्मेनलको समापन गरे ।

कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहाकार्य रहेको थियो । 

प्रकाशित मिति: ०७:४० बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्