शहीदको सपना साकार पार्न सबैले संकल्प गरौं : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, माघ १६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् । शहीद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले यस्तो संकल्प गर्नुपर्ने बताएका हुन् ।
‘आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं । नेपाललाई एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ’, बिज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएकाहरुप्रति उनले स्मरण समेत गरेका छन् ।












