Kathmandu Press

भोलिबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
भोलिबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं, माघ १५ : देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारबाट अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सोही अनुसार भोलिबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ने भएका हुन्।

Hardik ivf

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान सरकारी कार्यालय १० देखि अपराह्न ४ बजेसम्म खुल्दै आएका थिए।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

 शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रकाशित मिति: २०:५९ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्