Kathmandu Press

गङ्गालाल हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

केन्द्रको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे।
गङ्गालाल हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

काठमाडौं, माघ १५ : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गरिने भएको छ।

हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए।

Hardik ivf

केन्द्रको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे।

‘केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरु यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरु यहीं हुनुहुन्छ। यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौँभन्दा छेक्नुपर्ने कारण छैन,’ उनले भने, ‘केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ।’

गत भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ।

‘संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ,’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको बताए। उनले आधारभूत स्वास्थ्य उपचार र चिकित्सा शिक्षा दुवै सँगसँगै लानुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १९:५० बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्