एकीकृत समाजवादीको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुने, उमेर हद नरहने
बैठकले उमेर हद नराख्ने निर्णय गरेको छ। यससँगै अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ।
काठमाडौं, माघ १५ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र महाधिवशेन प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेको छ।
आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको केन्द्रीय परिषद् बैठकले महाधिवशेनमा केन्द्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको हो।
बैठकले उमेर हद नराख्ने निर्णय गरेको छ। यससँगै अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ।
बैठकले १९९ जनाको केन्द्रीय कमिटी हुने व्यवस्था गर्ने निर्णय गरेको उपाध्यक्ष बेदुराम भुसालले जानकारी दिए। उनका अनुसार पदाधिकारी १९, प्रदेश कमिटी ७५, जिल्ला कमिटी ५५, पालिका कमिटी ४५ र वडा कमिटी ३५ सदस्सीय हुनेछ।
सबै कमिटीहरुमा २० प्रतिशत ४० वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ .। एकीकृत समाजवादीको सांठनिक संरचना केन्द्रीय कमिटी, पोलिट ब्यूरो र स्थायी कमिटी रहने निर्णय भएको छ।












