समुदायमा कांग्रेस अभियानमा भुइँमान्छेका कुरा सुनिनेछ : डा. गोविन्द पोखरेल
सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताएका हुन्।
काठमाडाैं, माघ १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले कांग्रेसले शुरु गरेको समुदायमा कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिने बताएका छन्।
सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताएका हुन्।
गाउँगाउँमा पुगेर आम नागरिकको धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ छ। वीपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएको भन्दै उहाँले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने बताए।
बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञान, लगायतका कारण परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए।
गाउँगाउँमा नागरिकसँगै पेशाकर्मीहरुसँग छलफल गरेर पार्टीले धारणा बनाउन अभियान शुरु गरिएको उनले बताए।
प्रकाशित मिति: १७:२२ बजे, सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












