पुलिसकाे अपराजित यात्रा कायमै, गण्डकीलाई ६ विकेटले हरायाे
सोमबार मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै क्लब नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हाे।
काठमाडाैं, माघ १५ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
सोमबार मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै क्लब नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हाे। गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिस क्लवले २४.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि ओपनर दिलीप नाथले ५७ रनको अर्धशतकिय पारी खेले।
गण्डकीका लागि सन्दिप रजाइलीले दुई तथा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३८.३ ओभरमा अलआउट हुँदै १७० रन बनायो। गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेले। पुलिसका रसिद खानले सर्वाधिक पाँच विकेट लिएका थिए।
त्यस्तै करण केसी र ललित नारायण राजवंशीले समान दुई दुई विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए। जितसंगै पुलिस ७ खेलबाट १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










