सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलनजिक
आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ विकेट लिए।
काठमाडाैं, माघ १५ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ।
सोमबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो। आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४० दशमलव १ ओभर खेल्दा १६५ रनमा समेटियो। आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८. दशमल ३ ओभर खेल्दा २६२ रनमा समेटियो। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए। सुदुरका लागि भोजराज भट्टले ६ विकेट लिए। आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले बिहीबार गण्डकीसंगको खेलमा जीत हासिल गरे फाइनल प्रवेश गर्नेछ।
प्रकाशित मिति: १७:०४ बजे, सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










