मृत अवस्थामा भेटिएकी जर्मन नागरिक रिसोर्ट सञ्चालक
उनलाई विहान नागबहालस्थित ग्रीन तारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा मृत अवस्थामा फेला पारिएको थियो। उनी काभ्रेको होमस्टे रिसोर्टबाट दुई दिनअघि मात्र अपार्टमेन्टमा आएको खुलेको प्रहरीले जनाएको छ।
काठमाडौं, माघ १५ : ललितपुरको नागबहालस्थित अपार्टमेन्टमा सोमबार मृत फेला परेकी जर्मन नागरिक एडिइलएचइडी काभ्रेको नमोबुद्धमा ग्रिन तारा होमस्टे रिसोर्ट सञ्चालक रहेको खुलेको छ।
उनलाई विहान नागबहालस्थित ग्रीन तारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा मृत अवस्थामा फेला पारिएको थियो। उनी काभ्रेको होमस्टे रिसोर्टबाट दुई दिनअघि मात्र अपार्टमेन्टमा आएको खुलेको प्रहरीले जनाएको छ। दुई वर्ष अघिदेखि अपार्टमेन्टको दोस्रो तलामा बस्दै आएकी थिइन्। उनको टाउकोमा चोट देखिए पनि मृत्युको कारण अझै पत्ता लागेको छैन।
प्रहरीले ‘फरेन्सिक’ विज्ञलाई घटनास्थलमा लगेर अनुसन्धान शुरु गरेको छ। घटनास्थल ‘सिल’ गरेर अनुसन्धान भइरहेको छ। मृतक बस्ने कोठाको चुकुल खुलै रहेका, कोठाभित्र पानी जमेको तथा किचेनको धारा पनि खुल्लै रहेको प्रहरीले जनाएके छ।
उनी १२ दिन अघि मात्रै नेपाल आएको खुलेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन ललितपुर प्रहरी प्रमुख शेखर खनाल समेत घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ।












