Kathmandu Press

मुलुकलाई आर्थिक विकासमा केन्द्रित गर्नु वर्तमान सरकारको प्राथमिकता

मन्त्री साउदले लामो समयसम्म नेपालीलाई गरिवीको रेखामुनी राख्न नसकिने भन्दै आर्थिक बिकासका लागि अग्रसर हुने ठाउँको खोजी गर्नुपर्ने धारणा राखे। नेपालको विकासका लागि भारतको सहयोग र सम्बन्ध आवश्यक रहेको उनले बताए।
मुलुकलाई आर्थिक विकासमा केन्द्रित गर्नु वर्तमान सरकारको प्राथमिकता

काठमाडाैं, माघ १५ : परराष्ट्रमन्त्री एनपी साउदले मुलुकलाई आर्थिक विकासमा केन्द्रित गर्नु वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन्।

भारतको ७५औं गणतन्तत्र दिवसका अवसरमा नेपाल भारत मैत्री अस्पतालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले आत्मनिर्भर नभइ कुनै पनि देशमा स्थायीत्व र शान्तिको विकास हुन नक्ने भन्दै आर्थिक बिकासमा केन्द्रीत गर्ने वर्तमान सरकारको प्राथमिकता भएको बताएका हुन्।

Hardik ivf

मन्त्री साउदले लामो समयसम्म नेपालीलाई गरिवीको रेखामुनी राख्न नसकिने भन्दै आर्थिक बिकासका लागि अग्रसर हुने ठाउँको खोजी गर्नुपर्ने धारणा राखे। नेपालको विकासका लागि भारतको सहयोग र सम्बन्ध आवश्यक रहेको उनले बताए।

उनले रामायण सर्किटलाई सार्थक रुप दिन सके नेपालमा भारतीय पर्यटकहरुको संख्या बढ्ने जिकिर गरे। मन्त्री साउदले नेपाल र भारतबीचका सीमा समस्या वार्ताका माध्यमबाटै कूटनीतिक तवरले समाधान गरिने बताए।

कार्यक्रममा सहभागीहरुले नेपाल भारत सम्बन्धको चर्चा गर्दै यसलाई थप प्रगाढ बनाउदै लैजानुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्