Kathmandu Press

इनफिनिट थट्स : १३ देशका ५० कलाकारका कलाकृति

काठमाडौं, फागुन ३० : नीलो समुन्द्रमा पौडिराखेको सुनौलो माछासँग जोडिएको हाम्रो संस्कार जसलाई धन, समृद्घिको रुपमा लिइन्छ। यहि अदृश्य रुपमा रहेको दैविक श....

इनफिनिट थट्स : १३ देशका ५० कलाकारका कलाकृति
रिवाज राई

काठमाडौं, फागुन ३० : नीलो समुन्द्रमा पौडिराखेको सुनौलो माछासँग जोडिएको हाम्रो संस्कार जसलाई धन, समृद्घिको रुपमा लिइन्छ। यहि अदृश्य रुपमा रहेको दैविक शक्ति र मानव शक्तिको समकोणलाई चित्रमा उतार्ने प्रयास गरिएको छ, ‘इनफिनिट थट्स’मा।

किर्तीपुरमा बढ्दै गएको बस्तीलाई कलात्मक ढंगमा देखाएको चित्रले सबैको आखाँ एकैक्षण भएपनि अड्याउँछ। ठूलो क्यानभासमा एक बालिका जो आफ्नो खेल्ने उमेरमा समाजको कुप्रवृतिमाथि चित्कार पोखिरहेकी छिन्।

Hardik ivf

समाजले लगाएको बन्धनबाट उन्मुक्त हुन चाहेका इच्छाहरु, हरेक दिन मानिसको जीवनमा घट्ने घटनाक्रम, महिला स्वतन्त्रता, ग्रामिण र शहरमा भएको विकासको भिन्नता, योग, मानवीय सिर्जनशिलता, प्रकृति र समाजमा भएका अनगिन्ती गतिविधिलाई चित्रकलामा ल्याउने प्रयास कलाकारहरूले गरेका छन्।

यिनै विविध विषय समेटेर सुरू भएको कला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाली तथा विभिन्न देशका कलाकारका कला प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीमा चित्र, सेरामिक, प्रफोमेन्स, प्रिन्ट मेकिङ र स्कुल्पचर कला देख्न सकिन्छ। ‘इनफिनिट थट्स’ नाम दिएको प्रदर्शनीमा नेपाललगायत १३ देशका कलाकारको अनुभवलाई रंगिन क्यानभासमा देख्न सकिन्छ। चाकुपाटस्थित क्लासिक ग्यालरीले प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनीले कलाका विभिन्न आयाम बुझ्न सहयोग पुग्ने ग्यालरी प्रमुख सरिता डङगोल बताइन्। ५० जना महिला कलाकारहरूको विभिन्न दृष्टिकोणबाट भावनात्मक प्रेम, कुण्ठा, प्रकृति, कला, संस्कृति, समाज र विचारलाई यस प्रदर्शनीमा देख्न पाइन्छ।

ओमन आर्ट वल्र्डको सहकार्य रहेको प्रदर्शनी उद्घाटन समारोहमा डाउन सिन्ड्रोम भएका महिला तथा बालबालिकालाई सम्मान गरिएको थियो।

 

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्