Kathmandu Press

यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान’ न्यौपानेलाई

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरुप सांसद न्यौपानेलाई उक्त सम्मान प्रदान गरिने भएको हो।
यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान’ न्यौपानेलाई

काठमाडौं, माघ १५ : यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान २०८०’ बाट भक्तपुरका पूर्वसांसद एवं नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति लेखनाथ न्यौपानेलाई प्रदान गरिने भएको छ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरुप सांसद न्यौपानेलाई उक्त सम्मान प्रदान गरिने भएको हो।

मीनकुमारी राणाको दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २५ मा राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रष्ठिानका अध्यक्ष कविर राणाले जानकारी दिए। 

यस वर्षको ‘मीनकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ देशान्तर साप्ताहिकका संस्थापक सम्पादक एवं वरिष्ठ पत्रकार किशोर नेपाललाई र ‘राष्ट्रिय खेलकुद पुरस्कार’ बक्सिङ खेलका पूर्व राष्ट्रिय खेलाडी एवं साफ पदक विजेता प्रकाश थापालाई प्रदान गरिने भएको छ।

पुरस्कारको राशि जनही नगद रू ५१००१ प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्