एनसेलको सेयर बिक्रीबारे प्रधानमन्त्रीलाई छानबिन प्रतिवेदन बुझाइँदै
सरकारले डेढ महिनाअघि संयोजक टङ्कमणि शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले छानविन सकेर प्रतिवेदन बुझाउने तयारीमा रहेको हो।
काठमाडौं, माघ १५ : एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउने भएको छ।
सरकारले डेढ महिनाअघि संयोजक टङ्कमणि शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले छानविन सकेर प्रतिवेदन बुझाउने तयारीमा रहेको हो।
मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेच्चने विवादास्पद निर्णय गरेपछि छानविन शुरु भएको थियो। सरकारलाई जानकारी नदिई सेयर खरिद विक्री भएको थियो।
उक्त प्रकरणमा संसद्भित्र र बाहिर छानबिनको माग भएपछि सरकारले शर्माको संयोजकत्वमा मङ्सिर २१ गते पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। गठन गरेको थियो। समितिलाई पुस २४ गतेसम्मको म्याद दिइए पनि प्रतिवेदनका लागि समयाभाव भएपछि १५ दिन थपिएको थियो।
प्रकाशित मिति: १२:५५ बजे, सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












