Kathmandu Press

प्रतीक प्रधानलाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

आइतबार विराटनगरमा एक कार्यक्रमको बीच नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रतिष्ठानका संरक्षक एवं कांग्रेसका नेता डा. शेखर कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गरेका हुन्।
प्रतीक प्रधानलाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

काठमाडाैं, माघ १५ : नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार प्रतिक प्रधानलाई प्रदान गरिएको छ।

आइतबार विराटनगरमा एक कार्यक्रमको बीच नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रतिष्ठानका संरक्षक एवं कांग्रेसका नेता डा. शेखर कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गरेका हुन्।

Hardik ivf

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले मुलुकमा दण्डहिनता अत्यधिक बढेको र भ्रष्टाचार चरम सिमामा पुगेकाले मुलुक अत्यन्त जटिल अवस्थामा गुज्रेको बताए।

उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र बोल्बन पाउने अधिकार मात्र नभएको स्पष्ट पार्दै जनताको जीवनस्तर सुधार गर्न नसकिए प्रजातन्त्रको कुनै अर्थ नहुने धारणा राखे।

त्यस्तै पुरस्कृत वरिष्ठ पत्रकार प्रतिक प्रधानले पत्रकारहरुले पुरस्कार पाउनका लागि भन्दा पनि जनतालाई सुसूचित गर्न लागिपर्नुपर्ने धारणा राखे उनले पार्टी पत्रकारीता नभई पत्रकार स्वतन्त्र हुनुपर्ने बताए। 

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्