Kathmandu Press

ललितपुरमा एक जर्मन महिला मृत भेटिइन्

ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा सोमबार मृत भेटिएकी हुन्।
ललितपुरमा एक जर्मन महिला मृत भेटिइन्

काठमाडौं, माघ १५ : ललितपुरमा एक जर्मन नागरिक मृत भेटिएकी छन्।

ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा सोमबार मृत भेटिएकी हुन्।

Hardik ivf

अन्दाजी ५२ वर्षीया उनी एक वर्षदेखि त्यहाँ बस्दै आएकी थिइन्। ललितपुर प्रहरीकाअनुसार लडिरहेको अवस्थामा ती महिला भेटिएको भन्दै खबर पुगेको थियो। त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ।

उनको पहिचान खुल्न बाँकी छ। मृत्युको कारण पनि खुलिसकेको छैन।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्