Kathmandu Press

‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’

प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तर्क्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए। गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो। 
‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’
Hardik ivf

चितवन, माघ १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बताएका छन्। 

बिपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे। बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए। 

चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता/कार्यकर्ताका भूमिकाका बारेमा जानकारी गराएका थिए। यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ। 

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्