Kathmandu Press

सामुदायिक सहकारीको ३०औं स्थापना तथा प्रथम एकीकरण दिवस सम्पन्न

४१ जना सदस्य र ३२ हजार ५ सयबाट सुरु भएको संस्थामा अहिले १७ वटा संस्था एकीकरण भई ५९ हजार ९ सय ६७ जना सदस्य र ६ अर्ब १४ करोडको कारोबार छ। संस्थाले १९ वटा सेवाकेन्द्र, मुख्य कार्यालयसहित २० कार्यालयहरु मार्फत सेवा दिइरहेको छ।
सामुदायिक सहकारीको ३०औं स्थापना तथा प्रथम एकीकरण दिवस सम्पन्न

काभ्रे, माघ १४ : पनौतीमा मुख्यकार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३०औं स्थापना तथा प्रथम एकीकरण दिवस सम्पन्न भएको छ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जनले कार्यक्रमको उद्घाटन गर्दै सबैको विश्वासिलो र भरपर्दो संस्थाको रुपमा आफूलाई उभ्याउन सफल भएको बताए। उनले संस्थाको एकीकरण अभियानसँगै सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै अझै सहकारीहरुलाई आफूमा समेट्दै सहकारीहरुको पाठशालाको रुपमा विकास हुने विश्वास व्यक्त गरे।

संस्थालाई आवश्यक सबै किसिमका सहयोग गर्न मन्त्रालय सधै तत्पर रहने प्रतिबद्धता व्यक्त मन्त्री महजृनले कृषि लाइब्रेरीको बाँकि कार्यको लागि आवश्यक सहयोग गर्ने बताए।

Hardik ivf

यस्तै, पनौती नगरपालिका मेयर रामशरण भण्डारीले सबै प्रकारका सेवा प्रदान गर्ने उद्देश्यका साथ एकीकरणमा अनुकरणीय कार्य गर्दै उत्कृष्ट संस्थाको रुपमा स्थापना गराउन सफल यस संस्था देशकै नमुना संस्थाको रुपमा आफूलाई स्थापना गराउन सफल रहोस भन्दै शुभकामना दिए। उनले संस्थाको परिसरमा स्थापना भएको कृषि लाइब्रेरी भवन यस क्षेत्रको कृषि सूचना केन्द्रको रुपमा विकास गर्न आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता सहित यस्तो गौरवान्वित भएको बताए।

MWHHDoDp-1706453880.jpeg

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य टेकप्रसाद चौलागाईंले सामुदायिक सहकारीले नामैले र कामैले समुदायमा आधारित रहेर सहकारीको हरेक क्षेत्रमा आफुलाई अब्बल सावित गरेको बताए। उनले संस्थाले सदस्य हितका कार्य सँगै एकीकरण अभियान समेतमा सधैं उत्कृष्टता हासिल गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गरे।

 कार्यक्रममा एकीकरण ्गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने मुकुन्दप्रसाद दाहाललाई सम्मान गरिएको थियो। यस्तै, एसईईमा उत्कृष्ट नतिजा ल्याउने ४ जना उत्कृष्ट एसईई सम्मान, ४ जनालाई सामुदायिक छात्रवृत्ति, १ जनालाई जगतमाया कर्माचार्य छात्रवृृत्ति, ८० वर्षभन्दा माथिका ३३ जना जेष्ठ सदस्य सम्मानलगायत विभिन्न सम्मान प्रदान गरिएको थियो।

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। सो अवसरमा ४१ जनाले रक्तदान गरेको बताइएको छ।

४१ जना सदस्य  ३२ हजार ५ सयबाटसुरु भएको संस्थामा अहिले १७ वटा संस्था एकीकरण भई ५९ हजार ९ सय ६७ जना सदस्य र ६ अर्ब १४ करोडको कारोबार छ। संस्थाले १९ वटा सेवाकेन्द्र, मुख्य कार्यालयसहित २० कार्यालयहरु मार्फत सेवा दिइरहेको छ।

 

प्रकाशित मिति: २०:४३ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्