कर्णाली सरकारको प्रगति निराशाजनक : नेता कँडेल
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विकासप्रति जनताको तीव्र आकांक्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको टिप्पणी गरे।
सुर्खेत, माघ १४ : नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको बताएका छन्।
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विकासप्रति जनताको तीव्र आकांक्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको टिप्पणी गरे।
‘योजना निर्माणमा हुने भ्रष्टाचार, अपारदर्शिता, अनियमितालाई चिर्न सरकारले ध्यान दिनुपर्छ,’ उनले भने।
जाजरकोट भूकम्पले रुकुमपश्चिम र सल्यानमा समेत क्षति पुर्याउँदा पीडितहरुको राहत तथा पुनःस्थापना सरकारले गर्न नसकेको जिकिर गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, सुशासन, पारदर्शिता, विकास र कर्णालीको समृद्धिका सवालमा पटकपटक घच्घच्याउने गरे पनि नसुनेको गुनासो गरे।
प्रकाशित मिति: १९:०५ बजे, आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार