Kathmandu Press

इन्जिनियर प्रदीप भट्टराईविरुद्ध घुस मुद्दा

राहदानी कार्यालयका तत्कालीन इन्जिनियर भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि ३४ हजार रुपैयाँ घुस लिएको दाबीसहित सजायको माग राखेर आइतबार अख्तियारले मुद्दा दायर गरेको हो।
इन्जिनियर प्रदीप भट्टराईविरुद्ध घुस मुद्दा
Hardik ivf

काठमाडौं, माघ १४ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध घुस मुद्दा दायर गरेको छ।

राहदानी कार्यालयका तत्कालीन इन्जिनियर भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि ३४ हजार रुपैयाँ घुस लिएको दाबीसहित सजायको माग राखेर आइतबार अख्तियारले मुद्दा दायर गरेको हो। कम्प्युटर इन्जिनियर भट्टराई  राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका थिए।

भट्टराईसँगै राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटालाई पनि प्रतिबादी कायम गरिएको छ। उनीहरूमाथि अख्तियारले ३४ हजार विगो अनुरुप जरिवाना र विगो अनुसार भ्रष्टाचार निवारण ऐन अनुसार जेल सजाय समेत माग गरेको छ।
 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्