Kathmandu Press

आहा रारा गोल्डकप : संकटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

पोखरा रंगशालामा आइतबार भएको खेलमा संकटालाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
आहा रारा गोल्डकप : संकटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

पाेखरा, माघ १४ : त्रिभुवन आर्मी पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा संकटालाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे। अब फाइनल प्रवेशका लागि आर्मीले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मस्याङ्दी र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्