Kathmandu Press

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, 'हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं। नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो।
बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

पटना, माघ १४ : बिहारका मुख्यमन्त्री तथा जनता दल ९युनाइटेड०का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन्। 

राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, 'हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं। नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो।

Hardik ivf

पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्व मुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत् जारी एक पोस्टमा उहाँले जेडियूमाथि कटाक्ष गर्दै भने, 'समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ तर यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुन्छ। नितिशको यो निर्णयले उनको सत्ता समिकरणका लागि चौँथो अभ्यास  (गठबन्धन) हुनेछ।

कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन्। विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एकएक सदस्य छन्। एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य छन्। आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो संघर्ष मृत्युपर्यन्त जारी रहने बताएका छन्। 

'साम्प्रदायिक शक्तिविरुद्ध हाम्रो लडाइँ सास रहेसम्म जारी रहनेछ,' उनले ट्विटरमा लेखेका छन्।

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्