एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानुन बनाउनुपर्छ : ओली
आइतबार काठमाडौंमा नेपाली चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए।
काठमाडाैं, माघ १४ : एमाले अध्यक्ष केपी शर्मा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौंमा नेपाली चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए।
एसिड आक्रमणको समस्याको समाधान दण्डबाटमात्रै समाधान नहुने भन्दै उहाले मानविय चेतनामार्फत पनि समाधान खोजिनुपर्ने जिकिर गरे।
भरपर्दो कानून निर्माण, अपराधीलाई सजाय र त्यसबाट शिक्षा समेत दिनसक्नुपर्ने उनको भनाइ छ। ओलीले अपराधीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफु नरहेको भन्दै अन्य प्रभावकारी सजायहरु निर्धारण हुनुपर्ने धारणा राखे।
एसिड आक्रमणबाट पीडित भएकाहरुको कथालाई समेटेर नमेटिने घाउ चलचित्र निर्माण हुन लागेको हो।
प्रकाशित मिति: १७:०४ बजे, आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार