राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन प्रस्तुत
निर्वाचन प्रतिवेदन बुझाउने क्रममा प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनमा मत बदर हुनु दुर्भाग्य भएको बताएका छन्।
काठमाडौं, माघ १४ : निर्वाचन आयोगले ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।
निर्वाचन प्रतिवेदन बुझाउने क्रममा प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनमा मत बदर हुनु दुर्भाग्य भएको बताएका छन्।
राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा मत बदर भएको थियो । जनप्रतिनिधिले नै मताधिकारको प्रयोग नगरेकोमा पनि आयोगले राष्ट्रपति समक्ष गुनासो राखेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान वहिष्कार गरेका थिए ।
आयोगले तोकेको मौन अवधिको दलहरुले पालना नगरेको गुनासो समेत प्रमुख आयुक्त थपलियाले पाखेका छन् । मौन अवधिमा गरिएको चियापानलाई लिएर समेत असन्तुष्टि पाखेको जनाइएको छ ।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












