Kathmandu Press

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन सम्झौता

आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग  परिसंघ र बिभिन्न ६ वटा उद्योगहरुबीच कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालका लागि सम्झौता भएको हो।
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन सम्झौता

काठमाडाैं, माघ १४ : कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ।

आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग  परिसंघ र बिभिन्न ६ वटा उद्योगहरुबीच कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालका लागि सम्झौता भएको हो।

Hardik ivf

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दिपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र उद्योगहरुका तर्फबाट सम्बन्धी प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए।

सम्झौतासंगै ६ वटै उद्योगहरुले कूल १ हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौट गरि प्रशिक्षण प्रदान गरि रोजगारीमा लगाउनेछन्। सम्झौता कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले प्रशिक्षण कार्यक्रम मार्फत उद्योगको उत्पादनबृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा गरे।

सम्झौता अनुसार प्रशिक्षार्थी कामदारहरुको अघिकतम ३ महिनाको पारिश्रमिक नेपाल सरकारकातर्फबाट केन्द्रले व्यहोर्नेछ भने उद्योगले तत्पश्चात कम्तिमा १८ महिनाका लागि रोजगारीको सुनिश्चितता गर्नुपने बताइएको छ। 

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्