Kathmandu Press

कोरोना कारण अक्षय कुमारको फिल्म रोकियो

मुम्बई, फागुन ३० : कोरोना भाईरसका कारण बलिउड स्टार अक्षय कुमारको फिल्मको रिलिज रोकिएको छ।

अक्षय कुमारले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्द....

कोरोना कारण अक्षय कुमारको फिल्म रोकियो

मुम्बई, फागुन ३० : कोरोना भाईरसका कारण बलिउड स्टार अक्षय कुमारको फिल्मको रिलिज रोकिएको छ।

अक्षय कुमारले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उनको फिल्म ‘सूर्यवंशी’को रिलिज रोकिएको जनाएका छन्।

उनले कोरोना भाइरसको संक्रमण कम भएपनि रिलिज हुने बताएका छन्। अर्को रिलिज मिति भने तोकिएको छैन।

यो फिल्म मार्च २४ मा रिलिज गर्ने तयारी थियो। यसमा अक्षय कुमारसँगै कैटरिना कैफ, जैकी श्राफ, गुल्सन ग्रोबरलगायतको अभियन रहेको छ।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्