याे वर्ष सहिद दिवसमा सार्वजनिक बिदा नहुने, अर्काे वर्ष भने हुने
सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसके पनि यसपालि भने नदिने बताएको छ। विगत केही वर्षयता सहिद दिवसमा सार्वजनिक बिदा दिने गरिएको थिएन।
काठमाडौं, माघ १४ : यसपालि माघ १६ गते मंगलबार (पर्सि) सहिद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ।
सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसके पनि यसपालि भने नदिने बताएको छ। विगत केही वर्षयता सहिद दिवसमा सार्वजनिक बिदा दिने गरिएको थिएन।
सरकारले सहिद दिवसमा सार्वजनिक बिदा छ कि छैन भनेर चौतर्फी रूपमा चासो व्यक्त भइरहेका बेला गृह मन्त्रालय स्राेतले यसबारे प्रतिक्रिया दिएको हो। यसअघि सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। बिदा २०८१ लागि भए पनि यसपालि नै हाे भनेर झुक्किएकाे बताइउकाे छ।
राष्ट्रिय पर्वका रूपमा सहिद दिवस मनाउने तयारी भए पनि सार्वजनिक बिदा भने नदिइएकाले देशभरिका सरकारी कार्यालय खुल्ने र सेवा प्रवाह हुने गृहको भनाइ छ।
प्रकाशित मिति: १५:४० बजे, आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार