Kathmandu Press

विमानास्थलका सात कर्मचारीलाई पक्राउ पुर्जी  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेपछि सात जना अध्यागमनका कर्मचारी कार्यालयमा गयल हाजिर भएका हुन्।
विमानास्थलका सात कर्मचारीलाई पक्राउ पुर्जी  

काठमाडौं, माघ १४ : नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका सात कर्मचारी डेढ महिनादेखि गयल हाजिर भएको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेपछि सात जना अध्यागमनका कर्मचारी कार्यालयमा गयल हाजिर भएका हुन्। अध्यागमन अधिकृत नरवीर खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर २६ गते घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो।

Hardik ivf

भिजिट भिसामा सेटिङ मिलाउन दुई लाख रुपैयाँ लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। प्रहरी अनुसन्धानबाट नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणितका कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको खुलेको छ। 

खड्का पक्राउ यता सातजना कर्मचारी गयल हाजिर छन्। अध्यागमनका विभिन्न दर्जाका कर्मचारी कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो अध्यागमन कार्यालयमा गैरहाजिर रहेका हुन्। खड्कासँग यी कर्मचारीको समेत मिलिभगत रहेको जनाइएको छ। खड्का पक्राउ परेपछि उनीहरु सम्पर्कविहीन रहेको जनाइएको छ। 

यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुविरुद्ध गत माघ ९ गते पक्राउ पुर्जी जारी गरेको छ। छानविनका लागि पक्राउ पुर्जी जमरी गरिएको हो। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध प्रहरी अनुसन्धानपछि सरकारी वकील कार्यालयले काठमाडौं अदालतमा लिखतसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ। 
 

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्