Kathmandu Press

गठबन्धन तोड्न एमाले उद्यत रहेको भन्दै नेता नेपालको खबरदारी 

पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो भनाइ राखेका हुन्। उनले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको भनाइ राखे।
गठबन्धन तोड्न एमाले उद्यत रहेको भन्दै नेता नेपालको खबरदारी 

काठमाडौं, माघ १४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्यत रहेको बताएका छन्। 

पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो भनाइ राखेका हुन्। उनले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको भनाइ राखे।

Hardik ivf

‘प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन्। सत्ताच्युत भएपछि विभिन्न ढंगले वर्तमान गठबन्ध तोड्न उद्यत छ।’ 

नेता नेपालले एमालेले राजनीतिक विभिन्न ढंगले अस्थिरता पैदा गर्ने प्रयत्न गरिरहेको पनि बताए। प्रतिपक्षमा रहेका दलहरूले जस्तोसुकै विषयमा पनि संसद् अवरुद्ध गर्ने गरेको टिप्पणी पनि नेपालले गरे।

नेपालले अघि भने, ‘प्रतिगामी, तपस्यागामी शक्तिको क्रियाकलापले मुलुकलाई अस्थिरता प्रकट गरेको छ।’ उनले राष्ट्रियता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र मानवअधिकारका विषयलाई सशक्त ढंगले अघि बढाउन लागि पर्नुपर्ने समय रहेको पनि बताए।
 
प्रकाशित मिति: १४:१० बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्