जिपकाे ठक्करबाट माेटरसाइकलमा सवार बाबुकाे मृत्यु, छाेरी गम्भीर घाइते
बाबुछोरी सवार बा प्र ००३ प ८६२४ नम्बरको मोटरसाइकललाई बा प्र ००१ च ११९७ नम्बरको जिपले भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित शरणपुर ठक्कर दिएको थियाे।
चितवन, माघ १४ : चितवनमा जिपकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएकी छन्। उनीहरू बाबुछाेरी रहेकाे बताइएकाे छ।
बाबुछोरी सवार बा प्र ००३ प ८६२४ नम्बरको मोटरसाइकललाई बा प्र ००१ च ११९७ नम्बरको जिपले भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित शरणपुर ठक्कर दिएको थियाे।
मृत्यु हुनेमा साेही ठाउँका ४१ बर्षीय मधुसुदन खत्री रहेकाे प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते छिन्। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित मिति: १४:०४ बजे, आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार