Kathmandu Press

दर्शक र विदेशी खेलाडीबीनै आइपीएल हुन सक्ने  

काठमाडौं, फागुन ३० : कोरोना भाइरसका कारण यो वर्षको आईपिएल दर्शक र विदेशी खेलाडी बिना नै हुने सम्भावना बढेको छ। बीसीसीआई स्रोतलाई हवाला दिँदै एवीप....

दर्शक र विदेशी खेलाडीबीनै आइपीएल हुन सक्ने  

काठमाडौं, फागुन ३० : कोरोना भाइरसका कारण यो वर्षको आईपिएल दर्शक र विदेशी खेलाडी बिना नै हुने सम्भावना बढेको छ। बीसीसीआई स्रोतलाई हवाला दिँदै एवीपी न्यूजको अनलाइन संस्करणले लेखेको समचार अनुसार कोरोनाका कारण दर्शक र विदेशी खेलाडी बिना नै आइपिएल हुने सम्भावना धेरै छ। बीसीसीआईले २९ मार्चसम्म तापक्रम बृद्धी हुने र कोरोनाको असर कम हुने आशा व्यक्त गरेको छ। तर, अहिलेसम्म दर्शक र विदेशी खेलाडीबारे भने कुनै निर्णय भइसकेको छैन। बीसीसीआई यसबारेमा गभर्निङ काउन्सिलको निर्णयको पर्खाइमा छ। बीसीसीआई आइपीएल रद्द गर्नुभन्दा बिना दर्शक र विदेशी खेलाडी खेलाउने निर्णयमा पुग्न सक्ने समचारमा दावी गरिएको छ।

सन् १९८३ को विश्वकप विजेता टिमका कप्तान कपिल देवले आईपिएल तुरुन्तै रद्द गर्न माग गरेका छन्। ‘आईपिएल देश भन्दा ठूलो होइन । अहिले नागरिकलाई सुरक्षा दिनु प्राथमिकताको विषय हो,’ उनले भनेका छन्, ‘तरुन्त आइपिएल रद्द गर्ने घोषणा पर्छ।’ पूर्व क्रिकेटर किर्ती अजादले पनि आईपिएल रद्द गर्नुपर्ने माग गरेका छन्। 

तर पूर्व भारतीय क्रिकेट टिमका कप्तान सुनिल गावस्कर भने आईपिएल दर्शकविना नै गर्नुपर्ने पक्षमा देखिएका छन्। ‘दर्शक विना नै आईपीएल भएमा कोरोनाको कुनै असर हुँदैन। विश्वकै सबैभन्दा ठूलो खेल सफलतापूर्व आयोजना गर्न सकिन्छ,’ उनले भनेका छन्। 
आईपीएलको सुरुवात २९ मार्चमा हुँदैछ। उद्घाटन खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुने कार्य तालिका छ।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्