दोस्रो टेस्टमा अस्ट्रेलियामाथि वेस्टइन्डिजको जित
फास्ट बलर सामर जोसेफले घातक बलिङ गरेपछि अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा वेस्टइन्डिज विजयी भएको छ। ब्रिस्बनमा भएको खेलमा वेस्टइन्डिजले अस्ट्रेलियालाई ८ रनले हरायो।काठमाडाैं, माघ १४ : फास्ट बलर सामर जोसेफले घातक बलिङ गरेपछि अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा वेस्टइन्डिज विजयी भएको छ। ब्रिस्बनमा भएको खेलमा वेस्टइन्डिजले अस्ट्रेलियालाई ८ रनले हरायो।
यो जितसँगै २ खेलको टेस्ट सिरिज १–१को बराबरीमा सकिएको छ। एडिलेडमा भएको पहिलो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो।
अस्ट्रेलियालाई उसकै मैदानमा हराउने क्रममा जोसेफले उत्कृष्ट बलिङ गरे। उनले दोस्रो इनिङमा ११.५ ओाभरमा ६८ रन खर्चेर ७ विकेट लिए। दोस्रो टेस्टमा उनले कुल ८ विकेट लिए। एडिलेडमा अस्ट्रेलियाविरुद्ध डेब्यू गरेका उनी २ खेलमा १२ विकेट लिँदै प्लेयर अफ दी सिरिज भए।
२१६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३११ रनमा अलआउट भयो। उसका लागि ओपनर स्टिभ स्मिथले सर्वाधिक ८१ रन बनाए। उनले १४६ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै, क्यामरुन ग्रीनले ४२ र मिचेल स्टार्कले २१ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
सामर जोसेफले ७ विकेटसँगै अल्जारी जोसेफले २ तथा जस्टिन ग्रेवेसले १ विकेट लिए।
त्यअसघि वेस्टइन्डिजले पहिलो इनिङमा कावेम हग, जोसुवा डे सिल्भा र केभिन सिन्कलरको अर्धशतक मद्दतमा ३११ रन बनाएको थियो। अस्ट्रेलियाका स्टार्कले ४ र नाथन लियोनले २ विकेट लिएका थिए।
अस्ट्रेलियाले भने पहिलो इनिङमा ९ विकेटको क्षतिमा २८९ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका लािग उसमान खवाजा, एलेक्स क्यारी र पाट कमिन्सले अर्धशतक बनाएका थिए। वेस्टइन्डिजका अल्जारी जोसेफले ४ र केमर रोचले ३ विकेट लिएका थिए।
दोस्रो इनिङमा वेस्टइन्डि १९३ रनमै अलआउट भयो। उसका क्रिक म्याकेन्जीले सर्वाधिक ४१ रन बनाए। अस्ट्रेलियाका नाथन लियोन र जोस हेजलउडले समान ३ विकेट लिए।