Kathmandu Press

बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट दुई दिनदेखि उडान ठप्प

त्यहाँबाट काठमाडौं, पोखरा तथा विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा उडान हुँदै आए पनि दुई दिनदेखि भने प्रतिकूल माैसमका कारण उडान ठप्प बनेकाे हाे। 
बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट दुई दिनदेखि उडान ठप्प

नेपालगन्ज, माघ १४ : बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि नेपालगन्ज विमानस्थलबाट उडान अवरूद्ध भएकाे छ।

त्यहाँबाट काठमाडौं, पोखरा तथा विभिन्न हिमाली तथा पहाडी जिल्लाहरूमा उडान हुँदै आए पनि दुई दिनदेखि भने प्रतिकूल माैसमका कारण उडान ठप्प बनेकाे हाे। 

हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ र ८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएकाे छ। यात्रुहरु मौसम खुल्ने आशामा करिब एक हजार यात्रु विमानस्थलमै बसिरहेका छन्।

नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ भने नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि उडान भर्दै आएका छन्।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्