Kathmandu Press

मंगाेलियामा ग्यास ट्यांकर विस्फोट हुँदा चार जनाको मृत्यु

दुर्भाग्यपुर्ण विस्फोटका कारण शरीरको ८०–९०  प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ। 
मंगाेलियामा ग्यास ट्यांकर विस्फोट हुँदा चार जनाको मृत्यु

उलानबाटोर, माघ १३ : मङ्गोलियाको राजधानीमा भएको ग्यास ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ।

दुर्भाग्यपुर्ण विस्फोटका कारण शरीरको ८०–९०  प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ। 

करिब ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ।  केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश  जनाभन्दा बढी घाइते भएका छन्।

विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ। प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्