Kathmandu Press

जोखिम बन्दै वैदेशिक रोजगार, तीन वर्षमा ९ सय ३३ अपाङ्गताको शिकार

काठमाडौं, फागुन ३० : रोजगारीका लागि खाडी मुलुक जानेको संख्यासँगै शारिरीक अपाङ्गताको शिकार हुने पनि बढेका छन् । वैदेशिक रोजगार बाेर्डले सार्वजनिक ....

जोखिम बन्दै वैदेशिक रोजगार, तीन वर्षमा ९ सय ३३ अपाङ्गताको शिकार

काठमाडौं, फागुन ३० : रोजगारीका लागि खाडी मुलुक जानेको संख्यासँगै शारिरीक अपाङ्गताको शिकार हुने पनि बढेका छन् । वैदेशिक रोजगार बाेर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार रोजगारीको लागि विदेशिएका मध्ये ३२ महिनामा नौ सय ३३ जना दुर्घटनामा परी अपाङ्ग भएका छन्। 

सो अवधिमा १७ लाख ३८ हजार ६ जनाले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
सरकारले फ्रि भिषा फ्रि टिकटमा खाडी मुलुक जाने व्यवस्था गरेपछि वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ ।

वैदेशिक रोजगार बोर्डका सुचना अधिकारी दीनबन्धु सुवेदीले शिप नसिकी वैदेशिक रोजगारमा गएकाहरु अपाङ्गताको शिकार बनेको बताए । 

Hardik ivf

‘शिक्षा र शिप नभएकाले विदेशमा भारी बोक्ने, उच्च तापक्रममा काम गर्ने, मरुभुमीमा काम गर्ने, जटिल मेसिन चलाउने काम गर्नुपर्छ । जसले गर्दा दुर्घटनाको सामना गर्नु पर्छ,’ उनले भने।

आर्थिक वर्ष २०७४/७५मा वैदेशिक रोजगारीमा गएका तीन सय ६१ जना दुर्घटनामा परे । त्यस्तै २०७५/७६ मा तीन सय ३३ जना दुर्घटनामा परेका छन् । चालु आर्थिक वर्षको फागुन १६ गतेसम्म दुई सय ३२ पुरुष र ७ महिला दुर्घटनाबाट अपाङ्ग भएको बोर्डले जनाएको छ । 

महिलाहरु घरायसी कामका लागि जाने भएकाले महिलाको तुलनामा पुरुषहरु बढी दुर्घटनाको जोखिममा हुन्छन्। 

रोजगारी शिलशिलामा मलेसिया पुगेका ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनका ४० वर्षीय केवलप्रसाद बानियाँ भन्छन, ‘दुई वर्षसम्म उभिएर काम गर्दा खुट्टामा कालो दाग देखा पर्यो। दाग बढ्दै गएर खुट्टा नै काट्नु पर्ने भयो। त्यसपछि कम्पनीले नेपाल फर्काइदियो।’

तीन वर्षमा कति गए वैदेशिक रोजगारीमा ? 

आर्थिक वर्ष २०७३/७४ देखि २०७५/०७६ सम्म १६ लाख ४० हजार ६ सय ९६ पुरुषले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएको विभागको भनाई छ। 

त्यस्तै सोही अवधीमा ९७ हजार ३ सय १० जना महिलाले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोलानाथ गुरागाइले जानकारी दिए। 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्