मुलुकको अर्थतन्त्रमा अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको छ : मन्त्री महत
उनले राजनीतिक पूर्वाधार तयार गरिसकेको र अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक रहेकोमा यसैमा ध्यान केन्द्रीत रहेको धारणा राखे।काठमाडाैं, माघ १३ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएको छ।
शनिबार काठमाडौंमा नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन गर्दै अर्थमन्त्री महतले यसअघि मुलुकको आर्थिक अवस्थामा समस्या देखिएपनि अहिले अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका हुन्।
उनले राजनीतिक पूर्वाधार तयार गरिसकेको र अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक रहेकोमा यसैमा ध्यान केन्द्रीत रहेको धारणा राखे।
मन्त्री महतले मूल्यवृद्धि नियन्त्रणमा रहेको ब्याजदर घटिरहेको र आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको जिकिर गरे। उहाले अर्थतन्त्रका बिषयमा सकारात्मक सन्देश प्रवाह गर्दै आत्मविश्वास आर्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।
त्यस्तै उहाले नेपालका युनिक उत्पादन, सेवा र भएका वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको भन्दैसबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको उल्लेख गरे।