Kathmandu Press

‘पश्चिमा संस्कृति हाबी हुँदै गएकाे छ, नेपाली संस्कृतिलाई प्राथमिकता दिनुपर्छ’

युवा युस्ता विदेशिने क्रम बढेसँगै पश्चिमा संस्कृतिले नेपालको मौलिकतामा धेरै फरक पार्न थालेको छ। विद्यार्थीहरू पश्चिमा संस्कृतितिर ढल्किन खोज्छन्। नेपालको संस्कृतिलाई पछिपछि छोड्दै जाने क्रम बढेको छ।
‘पश्चिमा संस्कृति हाबी हुँदै गएकाे छ, नेपाली संस्कृतिलाई प्राथमिकता दिनुपर्छ’

काभ्रे ढुङ्खर्कका डिपी अधिकारी ‘गोपाल’ एक दशक यता नेपाली कला, संस्कृति प्रवर्द्धनमा सक्रिय छन्। आफूलाई कला, साहित्य र व्यवस्थापनको विद्यार्थी भएको बताउने उनी गत डिसेम्बरमा भारतमा अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित भएका थिए।

विभिन्न संघ सस्थामा रहेर काम गरिरहेका अधिकारी १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका प्रबन्धक तथा व्यवस्थापक हुन्। अधिकारीसँग गरिएको कुराकानीको संक्षिप्त अंशः

अघिल्लो महिना मात्र भारत सम्मानित हुनुभयो, कस्तो महसूस गरिरहनुभएको छ?

Hardik ivf

गत डिसेम्बरमा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित हुने अवसर पाएँ। सम्मान आफूले गरेको कर्मको फल हो, त्यसैले अत्यन्तै खुसी छु। एक दशकभन्दा बढी समयदेखि नेपाली कला संस्कृतिको प्रवर्धनमा काम गरिरहेको छु, त्यसैको कदर गर्दै अभिमान पुरकास्कार दिइएको हो। यो पुरस्कारले मलाई थप जिम्मेवार छ बनाएको छ नै अझ उर्जाशील भएर अगाडि बढ्न हौसला पनि प्रदान गरेको छ। 

अहिले चाहिँ के गरिरहनुभएको छ? 

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०को तयारीमा व्यस्त छु। एभरेष्ट नेपाल कल्चरल गु्रपले आयोजना गर्ने १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा प्रबन्धक तथा व्यवस्थापकको जिम्मेवारीमा छु। फागुन १७ देखि २७ गतेसम्म हुने मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। काठमाडौंलगायत दाङ, पोखराका विभिन्न स्थानमा मेला आयोजना हुँदैछ, त्यसलाई सफल बनाउन जुटेको छु।  मेलामा नेपालसहित १५ देशका कलाकारहरूको सहभागीता रहनेछ। 

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको उद्देश्य के हो, उपलब्धि के हुन्छ?

नेपालमा लोप हुँदै गइरहेको सांस्कृतिक सम्पदा तथा सांस्कृतिक पर्यटनको प्रवर्धन गर्ने तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको लोक कला र सांस्कृतिक परम्पराको आदानप्रदानकै माध्यमबाट लोक कला र संस्कृति परिचित गर्नुका साथै नेपाललाई विश्व जनसमुदाय माझ आफ्नै सांस्कृतिक सम्पदाको धनी देशको रूपमा परिचित गराउन, लोक कला र संस्कृति पे्रमीहरूमाझ लोक कला र संस्कृतिको पहिचानलाई लोक कला र संस्कृति आदानप्रदानमार्फत विभिन्न देशका लोक कला र संस्कृति भित्र्याउने उद्देश्यले समयसमयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ। 

नेपालका विभिन्न धर्म, जातजातिका लोक कला संस्कृति झाकीहरू प्रस्तुत गर्दछौँं। उनीहरूको भेषभुषा नाटक, नाचगन, संस्कृतिहरू प्रस्तुत हुन्छ। हामीहरू पनि विदेशीहरूका लोक कला र संस्कृति आदानप्रदान गर्छौं। हरेक दुईदुई वर्षमा नेपालमा एभरेष्ट नेपाल कल्चरल गु्रपले आयोजना गर्दै आएको छ। हामी पनि बेलाबेलामा उनीहरूको देशमा गएर नेपालको लोक कला र सांस्कृतिक प्रस्तुत गर्दर्छौं। हामीले उनीहरूको लोक कला र संस्कृति अवलोकन गर्छौं, भने उनीहरूले हाम्रो लोक कला र संस्कृति  अवलोकन गर्दछन्। 

यसरी यहाँहरूले नेपाली संस्कार संस्कृतिलाई अरूको देशमा प्रस्तुत गरिरहँदा उहाँहरूको प्रतिक्रिया कस्तो आउने गरेको छ?

यसरी लोक कला र संस्कृति देशको पहिचान बोकेको लोक कला र संस्कृतिको सम्बर्दधन तथा प्रवर्धनको प्रचारप्रसार गर्न हामी एकजुट हुँदै देशको लोक कला र संस्कृतिलाई संरक्षण तथा प्रबर्दधनको परिचय दिँदै जानुपर्छ भन्ने उद्देश्यले बिदेशी कलाकारहरूको भुमिका पाउने गरेका छौँ। लोक कला संस्कृतिप्रति समर्पित हुँदै विश्वसामु कला र संस्कृतिको जगेर्ना तथा व्यवस्थापन गर्नका लागि बेलाबेलामा यसरी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गर्न लागेका हौँ।

dd-1706341769.jpg

तपाईं कला, साहित्य र व्यवस्थापन लासो समयदेखि काम गरिहनुभएको छ, नेपालमा कला, साहित्य र व्यवस्थापनको पाटो कस्तो पाउनुभएको छ?

नेपाल कला संस्कृति र साहित्यको भण्डार हो। नेपाली लोक, कला संस्कृति र साहित्यको संरक्षण तथा संवर्धनका साथै नेपाली लोक, संस्कृतिलाई विश्वमा परिचित गराउने उद्देश्यले म पनि लागेको छु। नेपालीहरूमा संस्कृतिको विकास संवर्धन र सांस्कृतिक कलाको बारेमा लोप हुँदै गयो हामी नेपालीहरूमा त्यति चासो छैन। पश्चिमा सांस्कृतिमा बढी चासो छ। 

अहिलेको विदेश पढ्न र काम गर्न जाने क्रम बढ्दो छ। त्यसकारण पनि नेपालमा कला, संंस्कृति, साहित्य र व्यवस्थापनमा धेरै कम चासो देखिन्छ। नयाँ पुस्ताको चासो यसतर्फ त्यति देखिन्न। हामी यसकारण पनि यी विषयहरूमा अध्ययन–अनुसन्धान गर्दैछौँ। 

नेपाली संस्कृतिमा पश्चिमा संस्कृतिले फरक पार्न थाल्यो भन्नुभयो, यसको प्रभाव कस्तो पर्छ?

युवा युस्ता विदेशिने क्रम बढेसँगै पश्चिमा संस्कृतिले नेपालको मौलिकतामा धेरै फरक पार्न थालेको छ। विद्यार्थीहरू पश्चिमा संस्कृतितिर ढल्किन खोज्छन्। नेपालको संस्कृतिलाई पछिपछि छोड्दै जाने क्रम बढेको छ। नेपालीहरू पश्चिमा संस्कृतिप्रति बढी आकर्षित हुँदै गएको देखिन्छ। जसले गर्दा नेपाली कला संस्कृति विस्तारै लोप होला कि भन्ने चिन्ता र डर छ। 

नेपाली कला संस्कृतिमा चासो दिने कोही छैनन् भन्न खोजेको चाहिँ होइन। पश्चिमा संस्कृतिलाई भन्दा नेपाली कला र संस्कृतिलाई प्राथमिकता दिनुपर्छ। त्यसकारण पनि समयसमयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका कार्यक्रमहरू आदानप्रदान गर्न हामी लोक कला र संस्कृतिलाई माया गर्दै यसलाई सम्बर्दन र प्रबद्र्धन गर्ने उद्देश्यले अगाडि बढेका छौँ।  

पश्चिमा संस्कृतिभन्दा धेरै नै फरक छ। हाम्रो आफ्नै कला र संस्कृति, नेपाली कला संस्कृतिमा पहिरन, भेषभुषा बाजागाजा मौलिक शैली अनि पहिचान सबै फरक छ। हामी नेपालीहरूको कला र संस्कृतिको, मौलिक पहिचान विस्तारै गुम्दै जाने हो कि भन्ने डर छ। पश्चिमा संस्कृतिले नेपालीहरूको संस्कार संस्कृति फरकपन ल्याएको हो कि भन्ने हाम्रो अनुभव हो। त्यकारण पनि नेपाली लोक कला संस्कृतिमा प्रत्यक्ष प्रभाव नेपालीहरूमा पश्चिमा संस्कृति को परेको हो।

नेपालको कला संस्कृति लोप हुन नदिनको लागि के गर्नुपर्छ जस्तो लाग्छ?

नेपालको लोक कला संस्कृति संरक्षणमा संस्कृतिसँग आबद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको ठूलो भुमिका हुन्छ। जसको आफ्नै भेषभुषा, मौलिकपन, भाषा, संस्कार संस्कृति छ। उहाँहरूको धेरै महत्वपूर्ण भूमिका छ। संस्कृतिका धरोहरहरूले लोक कला संस्कृतिमा मौलिकताका साथ अगाडि बढाउन सक्नुहुन्छ।

आफ्नो कला संस्कृतिलाई जोगाउन उद्देश्यका साथ लागेर अध्ययन–अनुसन्धान गर्दै जानुभयो भने नेपालको कला संस्कृति लोप हुन सक्दैन। अभिभावकहरूले पनि संस्कृतिको बरेमा आफ्ना केटाकेटीलाई सिकाउँदै जानुपर्छ।

सामाजिक सन्जालको मार्फत विभिन्न लोक कला संस्कार संस्कृतिअनुसार विभिन्न कार्यक्रम भएको पाइन्छ। विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई यसको व्यवस्थापन गर्न गराउन लगाउँदै जानुपर्छ। व्यवस्थापनको ढाँचा न हो कि। विभिन्न देशहरूमा संस्कृति मन्त्रालय अन्तर्गत नै कार्यक्रमहरू हुन्छन्। हाम्रो देशमा त कला संस्कृतिका कुरामा सरकारले खासै ध्यान दिएको पाइँदैन। 

सरकारी निकायबाट कस्तो खालको पहल हुनुपर्ला ?

खासमा गर्नुपर्ने भनेको नै सरकारी निकायबाट हो। हामीले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गर्दै आएका हौं। अहिले १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्दैछौँ। वार्षिक बजेट र नीति तथा कार्यक्रमहरूमा समेट्नुपर्ने हो। यसपाली पनि सरकारसँग सहयोगका लागि पहल जारी छ झिनो आशा पाएका छौं, हेरौं।


 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, माघ १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्