Kathmandu Press

सुन प्रतितोला तीन हजार रुपैयाँले घट्यो

काठमाडौं, फागुन ३० : केही दिनदेखि लगातार बढीरहेको सुनको मूल्य शुक्रबार प्रतितोला तीन हजार रुपैयाँ घटेको छ । सुनको मूल्य घटेर प्रतितोला ७८ हज....

सुन प्रतितोला तीन हजार रुपैयाँले घट्यो

काठमाडौं, फागुन ३० : केही दिनदेखि लगातार बढीरहेको सुनको मूल्य शुक्रबार प्रतितोला तीन हजार रुपैयाँ घटेको छ । सुनको मूल्य घटेर प्रतितोला ७८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य शुत्रmबार ७८ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँ कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि घटेको छ । बिहीबार ८ सय ६० रुपैयाँमा  प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्