ढिलै भए पनि वायुसेवा निगम उकालोतर्फ लागेको छ : मन्त्री किराती
शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किरातीले निगमभित्रका विभिन्न पक्षलाई सुधार गर्दै ढिलै भए पनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन्।काठमाडाैं, माघ १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ढिलै भए पनि वायुसेवा निगम उकालोतर्फ लागेको बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किरातीले निगमभित्रका विभिन्न पक्षलाई सुधार गर्दै ढिलै भए पनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन्।
उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको र अन्तर्राष्ट्रिय तथा ट्रंक रुटमा उडानका लागि जहाजको लिज प्रोसेस अन्तिम चरणमा पुगेको जानकारी दिए। केहि बाह्य र आन्तरिक कारणले निगम कमजोर भएकाले विगतको पाठ सिक्दै बलियो बन्नुपर्ने उनले बताए।
मन्त्री किरातीले यहि संरचनाबाट निगमलाई बलियो बनाउने र त्यसो हुन नसके करार व्यवस्थापनमार्फत निगमलाई सञ्चालन गर्ने उल्लेख गरे।
उहाले न्युरोडमा रहेको निगमको भवनलाई पनि व्यसायीक रुपमा प्रयोग गर्ने बताए। त्यस्तै उनले मन्त्रालयको कार्यभार सम्हाल्दासम्म देशको जितका लागि काम गर्ने जिकिर गरे।