चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबीच थाइल्यान्डमा भेटवार्ता हुने
बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका बिषयका साथै ताइवान र साउथ चाइना सीका विषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ।बेइजिङ, माघ १२ : चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुने भएको छ।
बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापारदेखि मानव अधिकारका बिषयका साथै ताइवान र साउथ चाइना सीका विषयमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव भएको छ।
दशकौँ यताको सबैभन्दा खराब सम्बन्ध सुधारका लागि राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ समकक्षी सी चिनपिङसँग भेटवार्ता गरेका थिए।
'चीन र संयुक्त राज्य अमेरिकाको सहमतिअनुसार वाङ यीले संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानसँग बैंककमा नयाँ चरणको बैठक गर्नुहुनेछ,' बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकाले शुक्रबार र शनिबार वार्ता हुने जनाएको छ।
ह्वाइट हाउसले भनेको छ, 'यो बैठकले राष्ट्रपति बाइडेन र राष्ट्रपति सीबीच नोभेम्बर २०२३ मा हुने वुडसाइड शिखर सम्मेलनमा रणनीतिक सञ्चार कायम राख्न र जिम्मेवारीपूर्वक सम्बन्ध व्यवस्थापन गर्ने दुवै पक्षको प्रतिबद्धतालाई निरन्तरता दिएको छ।'
शुक्रबार सुलिभानले थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिन र अन्य उच्च अधिकारीसँग बैङ्ककमा भेटवार्ता गर्नुभएको थियो। ह्वाइट हाउसका अनुसार उनीहरूले बर्माको बिग्रँदो सङ्कटलाई सम्बोधन गर्ने प्रयाससहित क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गरेका छन्। म्यानमाको सेनाप्रति बफादार सरकार ९जुन्टा सरकार० र देशको उत्तरी भागमा जातीय सशस्त्र समूहहरूबीच युद्ध चर्किएको छ।