क्यानडेली प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस भएको पुष्टि
काठमाडौं, फागुन ३० : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरसको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जान....

काठमाडौं, फागुन ३० : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरसको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हो ।
यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।
उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ । अब जस्टिन ट्रुडो १४ दिनका लागि आइसोलेशनमा रहनेछन् ।












