नायिका आँचल र उदिप विवाह बन्धनमा बाधिए
काठमाडौं, फागुन ३० : नायिका आँचल शर्मा विवाह बन्धनमा बाधिएकी छिन् ।
बिहिबार राजधानीको बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा नायिका शर्माले प्र....

काठमाडौं, फागुन ३० : नायिका आँचल शर्मा विवाह बन्धनमा बाधिएकी छिन् ।
बिहिबार राजधानीको बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा नायिका शर्माले प्रेमी उदिप श्रेष्ठसँग भव्य समारोहको आयोजना गरी हिन्दू परम्पराअनुसार बिबाह बन्धनमा बाधिएकी हुन् । उनीहरुले एक वर्ष लामो प्रेमसम्बन्धलाई परिणत गरेका हुन् ।
वैवाहिक समारोहमा दुबै पक्षका आफन्त र सिनेकर्मीहरुको उपस्थिती रहेको थियो । आँचलले विवाहका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।
उनीहरुले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए ।
प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












