Kathmandu Press

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा

सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ।
चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा

बेइजिङ, माघ ११ : चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ। 

सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ। जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भन्नुभयो, 'पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो।'

पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो। 'निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जङ्गली विशाल पान्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ,' झाङले भने।

सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जङ्गली पान्डाको जनसङ्ख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारी रूपमा कायम राखेको प्रशासनको तथ्याङ्कले देखाएको छ। 

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्